दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ जेष्ठ । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं. ०५ ठुलो बाघमोर्चा बस्ने वर्ष २३ को प्रविण पाख्रिनलाई शुक्रबार दिउँसो करिब ०४:४५ बजेको समयमा सोही ठाउँको बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहार समेतमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएकोमा निजलाई उपचारको लागि वीरगञ्ज स्थित एल. एस. न्यूरो हस्पिटलमा भर्ना गरिएकोमा आईतबार बिहान करिब ११:०० बजेको समयमा निज प्रविण पाख्रिनको मृत्यु भएकोले सो घट्नाको अनुसन्धानको क्रममा एक जना १७ बर्षीय किशोरलाई शनिबार नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको तथा उक्त घट्नामा संलग्न भएको भन्ने हाल सम्मको अनुसन्धान बाट खुलेका अन्य तीन जना व्यक्तिहरू फरार रहेकोले निजहरूको खोजतलास तदारूकताका साथ भइरहेको कुरा पर्सा प्रहरीले जनाएको छ ।