युवाको सारथी बन्दै पोखरा महानगरपालिका

गण्डकी, २६ असार : रोजगारीको खोजीमा युवा पलायन भइरहेका अवस्थामा पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

महानगरपालिकाले चालू आर्थिक वर्षमा युवा लक्षित विभिन्न तालिमबाट हालसम्म चार सय युवा लाभान्वित बनेका महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिनुुभयो । केन्द्रकै आयोजनामा हालै विभिन्न तालिम सम्पन्न भएको जानकारी दिँदै उहाँले त्यस अन्तर्गत एक महिने डिजिटल मार्केटिङ तालिममा ४० जना सहभागी भएकामा ६ जनाले रोजगारी समेत पाएको बताउनुुभयो ।

महानगरबाट सञ्चालित ३६ दिने जुनियर ब्यूटिसियन तालिम २० जनाले लिएका छन् भने बारिस्ता कफी बनाउने तालिम ४० जनाले लिएका छन् । त्यस्तै कन्या क्याम्पस नदीपुरमा अध्ययनरत स्नातक तह प्रथम वर्षका २५ विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत गुडिया तथा झोला बनाउने तालिम प्रदान गरिएको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिनुुभयो । केन्द्रले २० जनालाई डेरी तथा मिठाइ बनाउने तालिम प्रदान गरेको छ भने बुटिक तालिम २० जनालाई दिइएको छ ।

मन्टेश्वरीमा तालिम प्राप्त २० जनामध्ये ६ जनाले रोजगार पाएका छन् । केन्द्रकै आयोजनामा पहिलो चरणमा कुक, हाते ट्याक्टर तथा मोटरसाइकल मर्मत, सामुदायिक पशु सहायकगायत उद्यमशीलता अभिवृद्धिका विभिन्न तालिम प्रदान गरिएको छ । केन्द्रले अघिल्लो आर्थिक वर्षसहित हालसम्म क्षमतामूलक र सीपमूलक गरी एक हजार चार सय जनालाई तालिम प्रदान गरेको छ । व्यवसाय गर्न चाहने दुई सय उद्यमीलाई बीउ पुँजीका रुपमा सहुलियतपूर्ण कर्जा प्रदान गरिएको कार्यकारी अधिकृत अधिकारीले बताउनुुभयो ।

  • Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 39 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views