युवाहरुको देश बदल्ने हुटहुटीलाई नयाँ काँग्रेसले सम्बोधन गर्छ- गगन थापा

नेपाली काँग्रेसका सभापति गगन थापाले समय अभावका कारण पार्टीमा टिकट वितरण सोचे जस्तो गर्न नसकेको स्वीकार गरेका छन् ।

केन्द्रीय समितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि केन्द्रीय कार्यालयमा बोल्दै उनले उम्मेदवार छनौटमा भएका कमि कमजोरीको जिम्मेवारी आफुले लिने भन्दै आफुहरुले काँग्रेसलाई बदलेको र बदलिएको काँग्रेसले देशलाई पनि बदल्ने बताए ।  

सभापति थापाले नागरिकहरुमा सुशासनको भोक रहेको र भ्रष्टाचारको छटपटीबाट मुलुकलाई निकाल्नुपर्छ भन्ने रहेको बताएका छन् । उनले आजदेखि काँग्रेस आफ्नो पुरा शक्ति लगाएर निर्वाचनमा होमिएको बताए ।

अघिल्लो निर्वाचनमा मतदाता र काँग्रेसका शुभचिन्तकले रुखमा मत हाल्ने अवस्था बनाएर आउनुस भनेको उल्लेख गर्दै अब आफुहरु त्यो कुरा सुधारेर यस पटक सबै क्षेत्रमा रुखमा मतदान गर्ने अवस्था बनाएर आफुहरु चुनावमा जान लागेको बताए ।

उनले नयाँ युगले नयाँ कुरा खोजेको बताउदै युवाहरुमा रहेको देश बदल्ने हुटहुटीलाई नयाँ काँग्रेसले सम्बोधन गर्ने बताए ।    

  • Related Posts

    दुर्गा प्रसाई रिहा

     मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईआइतबार रिहा भएका हुन् । प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको…

    जेनजीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन, हामी नै हौं गर्ने- प्रचण्ड

    संयुक्त जेनजी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा भेट गरेका छन् । संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जेन्जीका मुद्धाहरुलाई घोषणापत्रमा राखेर जानुपर्ने माग राखेका…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 149 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा