यो सरकारले निर्वाचन गराउन सक्दैन- विप्लव

काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले चुनाव गर्ने हो राजनीतिक दलहरुलाई सहभागी गराएर नयाँ सरकार बनाउनुपर्ने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरेर विप्लवले सरकारले जबर्जस्ति चुनाव गर्न खोजे देश सिरिया बन्ने खतरा रहेको भन्दै दलहरुलाई किनारा गरेर निर्वाचन सम्भव नभएको बताएका छन् । उनले हजारौं हतियार लुटिएको र कैदीहरु बाहिर रहेको अवस्थामा चुनाव हुन नसक्ने भन्दै पहिला त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । नेपालमा अरुको इशारामा जबर्जस्ति निर्वाचन गर्ने प्रयास हुन लागेको भन्दै नयाँ सरकार बनाएर निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् । 

उनले नेपालमा अमेरिका-तिब्बत-नेपाली सेना बनाएको आशंका जेनजी आन्दोलनमा काला टिसर्टधारी टिओबी समुहको उपस्थितिले देखिएको बताएका छन् । उनले नेपालमा कल्पना नै नगरिएको २ लाख-३ लाख तिब्बती शरणार्थी छन् भन्ने हल्ला गराएर टिओबीको टिसर्ट लगाएर हतियर देखाएर गरिएको प्रदर्शनले अनेक आशंका उब्जिएको बताए ।

साथै उनले जेनजी आन्दोलनपछि बृहत कम्युनिष्ट केन्द्रको आवश्यकता देखिएको भन्दै अहिले आफुहरुले माओवादी केन्द्र लगायतका दलहरुसँग यस विषयमा छलफल गरिरहेको बताए । विप्लवले अहिलेका कम्युनिष्ट पार्टीका नेतृत्वहरुले संरक्षकको भूमिकामा गएर कम्युनिष्ट केन्द्र बनाउनुपर्नेमा आफुहरुले जोड दिइरहेको बताए ।

  • Related Posts

    विप्लवसहितका नेताहरुले गरे निर्वाचन आयोग पुगेर सनाखत

    काठमाडौँ । नेत्र विक्रम चन्द विप्लवलगायतका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि सनाखत गरेका छन् ।  शुक्रबार महासचिव विप्लवसहितका नेताहरु कान्तिपथस्थित आयोग पुगेर दल दर्ता प्रक्रियाको लागि सनाखत गरेका…

    यी हुन् रास्वपाको राजनीतिक प्रतिवेदनमा मुख्य १० बुँदा

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ । शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 17 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 29 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट