रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्ध

 बलिवुड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ लाई ६ खाडी देशहरूमा प्रतिबन्ध लगाइएको छ ।

फिल्म निर्माताहरूको उत्कृष्ट प्रयासको बावजुद, प्रदर्शनको लागि अनुमति दिइएको छैन । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्म धुरन्धर बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र युएईमा रिलिज नहुने भएको छ । यी देशका अधिकारीहरूले फिल्मको पाकिस्तान विरोधी अडानलाई उद्धृत गर्दै फिल्मको रिलिजलाई अनुमति दिन अस्वीकार गरेका छन् । फिल्मलाई ‘पाकिस्तान विरोधी फिल्म’ मानिएकोले ‘धुरन्धर’ कुनै पनि खाडी देशमा रिलिज भएको छैन ।

फिल्मले भारतीय बक्स अफिसमा भने शानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो सातामा २१८ करोड कमाई गरिसकेको छ भने अहिले पनि यसको रफ्तार कम भएको छैन । यहि गतिमा अगाडी बढेमा फिल्मले अझै कैयौं रेकर्ड बनाउने देखिएको छ । 

फिल्ममा रणवीर सिंहले एक गुप्तचर एजेन्टको भूमिका निर्वाह गरेका छन्, जो पाकिस्तानमा गुप्तचर मिसनमा जान्छन् । उनीसँगै सारा अर्जुन मुख्य भूमिकामा छिन् । फिल्ममा अक्षय खन्ना, संजय दत्त, अर्जुन रामपाल, आर. माधवन पनि महत्त्वपूर्ण भूमिकामा छन् । यो फिल्मलाई उरी फेम निर्देशक आदित्य धरले निर्देशन गरेका हुन् ।

  • Related Posts

    फिल्म ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा

    काठमाडौं । बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको बिदाको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो । सामाजिक कथाबस्तु…

    सुपरस्टार यसकोनयाँ फिल्म ‘टक्सिक’ को टिजर सार्बजनिक

     दक्षिण भारतका सुपरस्टार अभिनेता यशको ४०औं जन्मदिनको अवसरमा उनको नयाँ फिल्म ‘टक्सिक’ को टिजर सार्बजनिक गरिएको छ ।  फिल्मका पाँच अभिनेत्रीहरूको लुक्स सार्वजनिक गरेपछि, अब उनीहरूले यशको चरित्र टिजरमार्फत सार्वजनिक…

    पहिलो

    टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन होस्, मलाई चाहिदैन- योगेश भट्टराई

    • January 19, 2026
    • 6 views
    टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन होस्, मलाई चाहिदैन- योगेश भट्टराई

    स्वागत नेपाल राप्रपामा प्रवेश, झापा-२ बाट उम्मेदवार बन्ने

    • January 19, 2026
    • 8 views
    स्वागत नेपाल राप्रपामा प्रवेश, झापा-२ बाट उम्मेदवार बन्ने

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 31 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 15 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 34 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 14 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे