
दीपेन्द्र प्रजापति/कालो झोला ।
वीरगंज, ०८ चैत । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको उपलक्ष्यमा वीरगंज महानगरपालिकाले आज इफ्तार आयोजना गरेको छ ।
आपसी भाई चारा अभिबृद्धि हेतु महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा शुक्रबार साँझ इफ्तार आयोजना गरेको हो ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा इफ्तार आयोजना गरिएको बताउनु भयो ।

इफ्तार कार्यक्रममा महानगरका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वीरगंजका ३२ वटै वडाका मुस्लिम समुदायका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।