रवि र छविको मुद्धाको सुनुवाइ स्थगित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

लामिछानेका कानुन व्यवसायीको तर्फबाट स्थगितको निवेदन परेपछि सुनुवाइ रोकिएको हो ।  सुनुवाइका लागि आज न्यायाधीशद्वय मिलन कुमार राई र सानु मैया डंगोलको इजलासमा पेशी तोकिएको थियो ।

यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश गरेको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रवि र छविको मुद्दाको एकैसाथ सुनुवाइ भइरहेको हो । 

लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने आदेश भएको थियो ।

  • Related Posts

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । काँग्रेसले सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि  केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी…

    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    काठमाडौं । नेकपा एमालेको बन्दसत्रको समय फेरी सरेको छ । यसअघि दिउसो १ बजेदेखि शुरु हुने भनिएकोमा अब ३ बजेदेखि शुरु हुने भएको हो ।  यसअघि आजै बसेको केन्द्रीय कमिटीको बैठकले…

    पहिलो

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 0 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 8 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 11 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 8 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    • December 14, 2025
    • 12 views
    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    • December 14, 2025
    • 11 views
    एमालेको बन्दसत्रको समय फेरी सर्यो