रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई  काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौँको आदेशलाई उच्च अदालत पाटनले  सदर गरेको छ । 

विहिबार पाटन उच्च अदालतका न्यायाधिश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो ।

आदेशमा भनिएको छ- यसमा जाहेरी व्यहोरा, प्रतिवादीहरुको वयान व्यहोरा, रकम प्रयोगको अवस्था, प्रतिवादीहरुको संलग्नता समेतलाई विचार गरी पछि ठहरे बमोजिम हुने गरी तत्काल धरौटी माग गरेको पाइएको, माग गरेको धरौटी दाखिल गरी प्रतिवादीहरु तारिखमा रहेको पाइएको अवस्थामा पछि थप प्रमाण बुइदै जाँदा ठहरे बमोजिम हुनेनै हुँदा मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ६८ बमोजिम प्रतिवादीहरु रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा, कमल लामाबाट मुद्दा पुर्पक्षका लागि धरौट माग गर्ने गरेको तहाँ अदालतको मिति २०८१/१०/०२, मिति २०८१।१०।०७ र मिति २०८१/०९/२३ को आदेश वेरीतको नदेखिंदा परिवर्तन गरीरहतु पर्ने देखिन आएन। कानून बमोजिम गर्नू ।’

 जिल्ला अदालत काठमाडौँले लामिछानेलाई ६० लाख धरौटीमा छोडेको थियो । 

  • Related Posts

    सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

     नेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४२ सयले बढेर तोलाको २ लाख ८२ हजारमा कारोबार भइरहेको…

    आठ युरोपेली देशको ग्रीनल्याण्डमा संयुक्त सैन्य अभ्यास

    ग्रिनल्याण्डलाई समर्थन गर्ने आठ युरोपेली देशहरूले संयुक्त सैन्य अभ्यास गरेका छन् । डेनिस विदेश मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो घोषणा गरेको छ। डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, स्वीडेन…

    पहिलो

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 12 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 9 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 0 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 9 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    यी हुन् रास्वपाले अहिलेसम्म टुंगो लगाएका प्रतिनिधिसभा उम्मेदवार

    • January 19, 2026
    • 11 views
    यी हुन् रास्वपाले अहिलेसम्म टुंगो लगाएका प्रतिनिधिसभा उम्मेदवार

    सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

    • January 19, 2026
    • 9 views
    सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?