रवीन्द्र मिश्रको टिप्पणीप्रति ‘प्रचण्ड’ सचिवालयको आपत्ति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणीप्रति ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ ।

‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच मंगलबार खुमलटारमा भेट भएको थियो । भेटवार्तापछि मिश्रले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै ‘प्रचण्ड’ले निरन्तरताको क्रमभंगता खोजेको दाबी गरेका थिए ।

अध्यक्ष ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन् ।

‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’- मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बरबादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भने- ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !

सम्बन्धित समाचार : ‘प्रचण्ड’ र रवीन्द्र मिश्रबीच भेटवार्ता, यस्ता छन् ‘प्रचण्ड’का ७ बुँदे टिप्पणी

  • Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 40 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views