रसुवा सुक्खा बन्दरगाहको भौतिक प्रगति ६५ प्रतिशत

काठमाडौँ । सुक्खा बन्दरगाहको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार २ जेठ २०८२ सम्म सक्ने गरी ठेक्का लागेकोमा तोकिएको समयमा निर्माण कार्य सक्ने गरी काम भइरहेको छ ।

रसुवामा ५० हजार ९ सय वर्गमिटर क्षेत्रफलमा सुक्खा बन्दरगाह बन्दै छ । यस सुक्खा बन्दरगाहमा संयुक्त निरीक्षण सेड, सामान राख्ने गोदाम, लिटिगेसन सेड, क्यान्टिन, प्रशासनिक भवन र ३ सय सवारी अट्ने पार्किङ लगायत भौतिक संरचना निर्माण भइरहेको समितिले जनाएको छ ।

अहिलेसम्म सुक्खा बन्दरगाहको ६५ प्रतिशत काम सम्पन्न भएको समितिको भनाइ छ । अहिले भोटेकोसी खोलातर्फ र सडकतर्फ रिटेनिङ वाल निर्माण काम सम्पन्न भइसकेको इन्टरमोडलले जनाएको छ ।

सडकको काम ९० प्रतिशत सकिएको छ । समिति विवरण अनुसार कार्गो गोदाम, लिटिगेसन गोदाम र इन्सपेक्सन सेडको निर्माण समेत ९० प्रतिशत सकिएको छ । प्रशासनिक भवन निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ ।

भवनमा विद्युतीय जडान, सेनेटरी, खानेपानी तथा पेभमेन्टको काम भइरहेको छ । यो सुक्खा बन्दरगाह चीन सरकारबाट नेपाल सरकारलाई हस्तान्तरण भएसँगै सञ्चालनमा आउने छ ।

चीनसँग सिमाना जोडिएको रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह बन्दै छ । यसले अन्तरदेशीय व्यापार सहजीकरणमा भूमिका खेल्ने बताइएको छ । आयोजनाको लागत १ अर्ब ५० करोड रुपैयाँ हो ।

यो बन्दरगाह निर्माणका लागि नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीन सरकारबीच १६ अक्टुबर २०१४ मा सम्झौता भएको थियो । दुई देशबीच पूरक सम्झौता भने २ फागुन २०७९ मा भएको थियो ।

सुक्खा बन्दरगाह निर्माणका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । यो आयोजनाको शिलान्यास सन् २०१९ मा गरिएको हो । त्यसपछि कोभिड-१९ महामारी भोगेको आयोजनाको सम्पन्न हुने म्याद थप गरिँदै आइएको छ ।

यो बन्दरगाह निर्माण भएपछि नेपाल र चीन दुवैतर्फ मालसामान आयात-निर्यात सहज हुने र भन्सार बिन्दुमा अहिले हुने अप्ठ्यारो हट्ने अपेक्षा लिइएको छ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-