रागासा आँधीको प्रभाव फिलिपिन्सदेखि हङकङ, ताइवान र चीनसम्म

काठमाडौँ । हङकङमा सुपर टाइफुन रागासाका कारण दुई दिनदेखि भारी वर्षा भइरहेको छ । रोयटर्सका अनुसार यो २०२५ को सबैभन्दा खतरनाक आँधी हो । यसको प्रभाव ताइवान र चीनसम्म महसुस भइरहेको छ । ताइवानमा आँधीका कारण १४ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।

हङकङमा २०० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । हङकङ अब्जर्भेटरीले आगामी केही घण्टामा आँधी घना बस्ती भएका शहरहरूको नजिक पुग्ने चेतावनी दिएको छ । दिउँसोसम्म समुद्रको सतह ४ मिटरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।

समुद्री पानीले हङकङको फुलर्टन होटल डुबानमा परेको छ, जसले गर्दा उल्लेखनीय क्षति भएको बताइएको छ । त्सुङ क्वान र लान्टाउ टापुमा विमानस्थल नजिकै बाढीले समुद्री तटहरू क्षतिग्रस्त बनाएको बताइएको छ । चीनको मौसम विज्ञान ब्यूरोले रागासालाई ‘टाइफुनको राजा’ भनेको छ । रागासा एक फिलिपिनो शब्द हो जसको अर्थ ‘जोशिलो’ भन्ने हुन्छ ।

हङकङ विमानस्थल पनि आँधीबाट प्रभावित भएको छ । सुरक्षा कारणले सयौं उडानहरू रद्द गरिएका थिए, जसले गर्दा हजारौं यात्रुहरू अलपत्र परेका थिए । शहरको मेट्रो र बस सेवाहरू पनि अवरुद्ध भएका थिए । धेरै क्षेत्रमा पानी जम्मा हुँदा पसल र घरहरूमा क्षति पुगेको छ। अधिकारीहरूले बासिन्दाहरूलाई घरभित्रै बस्न र आश्रय लिन सल्लाह दिएका छन् ।

ताइवानको अवस्था अझ भयावह भएको बताइएको छ । भारी वर्षाका कारण पहिरो र बाढी आएको छ भने राहत र उद्धार कार्य जारी छ ।

खराब मौसमका कारण सेना र उद्धार टोलीहरूले कठिनाइको सामना गरिरहेका छन् । धेरै क्षेत्रहरूमा बिजुली र सञ्चार सेवाहरू अवरुद्ध भएका छन्, जसले गर्दा स्थानीय बासिन्दाहरूलाई ठूलो समस्या भएको छ ।

१२ करोड ५० लाखभन्दा बढी मानिसहरू बसोबास गर्ने चीनको ग्वाङडोङ प्रान्तको तटमा पुग्दा यसले आफ्नो सुपर टाइफुनको तीव्रता कायम राख्ने अपेक्षा गरिएको छ ।

चीनको ग्वाङडोङ प्रान्तमा मात्र ७ लाख ७० हजार मानिसहरूलाई सुरक्षित स्थानमा लागिएको छ । ग्वाङझोउ र शेन्जेन जस्ता प्रमुख शहरहरूमा विद्यालय, यातायात र हवाई सेवाहरू बन्द गरिएका छन् भने २.८ मिटर अग्ला सम्म छालहरू आउने चेतावनी दिइएको छ ।

  • Related Posts

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले फेब्रुअरीको मध्यमा संसदीय चुनाव र जुलाई बडापत्रमा जनमत संग्रह गर्ने घोषणा गरेका छन् । आज दिउँसो राष्ट्रलाई २० मिनेटको टेलिभिजन सम्बोधनमा…

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    काठमाडौँ । पाकिस्तानसँगको तनावको बीचमा, अफगानिस्तानको तालिबान सरकारले व्यापारी र उद्योगीहरूलाई वैकल्पिक व्यापारिक मार्गहरू खोज्न आग्रह गरेको छ । अफगान उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बारादारले पाकिस्तानसँगको सीमा बन्दले व्यापार ठप्प…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह