राजीतिक स्थिरताका लागि कांग्रेस र एमालेबीच सहमति : प्रमुख सचेतक लेखक

काठमाडौँ, २८ असार : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकमा राजीतिक स्थिरता कायम गर्न संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले)बीच सहमति भएको स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । प्रमुख सचेतक लेखकले भन्नुभयो, “ देशमा सुशासन कायम गर्न दुई दलबीच सहमति भएको हो । विकासको लक्ष्य हासिल गर्न, अर्थतन्त्र चलायमान बनाउन तथा विकासको गति अघि बढाउन यो समीकरण भएको हो ।” उहाँले दुई दलबीच यही असार १७ गते भएको सहमतिको कांग्रेस पदाधिकारी बैठकबाट समर्थन भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले राख्नुभएको प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पर्नुभयो । उक्त सहमतिका केही ठोस आधार रहेको जानकारी गराउँदै प्रमुख सचेक लेखकले भन्नुभयो, “मुलुकलाई ठीक ढङ्गले अघि बढाउन राजीतिक स्थिरता पहिलो आधार हो ।” उहाँले प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिनु नै अस्थिरता भएको बताउनुभयो । वर्तमान सरकारले प्रचारको राजनीति बाहेक केही नगरेको आरोप लगाउँदै उहाँले सरकारका मन्त्रीहरुले ‘फाइल खोल्छौँ’ं, भन्ने र चर्चा कमाउने काम मात्र गरेकोे टिप्पणी गर्नुभयोे । नेता लेखकले संविधान भनेको निरन्तर चलायनमा हुने दस्तावेज भएको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्ने क्रममा देखिएका कमजोरी पक्षको आवश्यकताअनुसार संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । यसमा पश्चगमन देख्नु भनेको नकारात्मक सोच भएको उहाँको टिप्पणी थियो । प्रमुख सचेतक लेखकले सशस्त्र आन्दोलनमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम र सङ्घीय लोकतन्त्रको शासन व्यवस्था स्थापना गर्ने काम कांग्रेसको नेतृत्वमा भएको बताउनुभयो । “यो कुरा हेक्का रहोस् । राजनीतिक अस्थिरतालाई स्थिरतामा रुपान्तरण गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “यसले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी व्यवस्थालाई अझ सबल बनाइने छ । संविधान छुनै नमिल्ने दस्तावेज होइन ।” संविधानमा भएका कतिपय व्यवस्था १० वर्षमा पुनरावलोकन गर्न सकिने संविधानमै उल्लेख रहेको जानकारी गराउँदै उहाँले त्यो प्रावधान मूल्याङ्कन गरेर संविधानलाई थप बलियो बनाउन समयानुसार संशोधन आवश्यक रहेकामा जोड दिनुभयो । संविधानको दिगो पनका लागि बहुसङ्ख्यक जनताको अपनत्व र आत्मसात गर्न आवश्यक भएको उल्लेख गर्दै उहाँले यो छलफलका लागि सबैसँग छलफल गरेर अघि बढ्ने प्रणका साथ नेतृत्व लिन दुवै दलबीच सहमति भएको स्पष्ट पार्नुभयो । प्रमुख सचेतक लेखकले कांग्रेसको जन्म नै लोकतन्त्रको स्थापना र सबल बनाउनका भएको बताउँदै यसमा कसैले भ्रम फलाउन नहुनेमा जोड दिनुभयो । मुलुकका भएका हरेक आन्दोलनमा सबै दल मिलेर सफल भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले विशेष अवस्थामा ठूला दल र शक्ति मिल्दा नै राम्रो परिणाम आउँछ भन्ने विगतको इतिहासले पनि देखाएको बताउनुभयो । यही असार १७ गते दुवै दलबीच भएको सहमतिलाई कार्यान्वयन आफूहरु प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । बैठकमा प्रमुख सचेतक लेखकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित जनताको उद्धार, राहत र पुनःस्थापनाको लागि सरकारसँग माग गर्नुभयो । त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सरकारप्रति विश्वासको मत माग्दै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम सो प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

यसअघि सरकारलाई समर्थन दिएका नेकपा एमालेसहितका दलहरुले विश्वासको मत फिर्ता लिएपछि उहाँले आजको संसदको बैठकमा सम्बोधन गर्दै सो प्रस्ताव प्रस्तुत गर्नुभएको हो । प्रधानमन्त्री दाहालले सम्बोधनसहित बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि सो प्रस्तावमाथि दलीय आधारमा छलफल प्रारम्भ भएको छ ।

  • Related Posts

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-