गोपी ज्ञवाली
बैशाख २६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पालीको अग्रसरतामा दुई जटिल रोगबाट ग्रसित भएका दुई बिरामीहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निवासी मनिष पराजुली र भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ निवासी योगेन्द्र सिंह सुनारलाई माननीय राज्यमन्त्रीको पहलमा दुवै जटिल रोगबाट ग्रस्त बिरामीहरूलाई ५१ ÷५१ हजार रुपियाँ रकम उपलब्ध गराउनु भएको छ । अर्धाखाँची जिल्ला निवासी दुवै बिरामीहरूलाई संस्कृति, पर्यटन तथानागरिक उड्डयन राज्यमन्त्रीशुसिलासिर्पालीको अग्रसरतामा विभिन्न सामाजिक संस्थाहरूबाट सो रकम उपलब्ध गराइएको राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद गैरेले बताउनुभएको हो ।

क्यान्सर रोगबाट ग्रस्तभएका संघीखर्कका मनिष पराजुली २४ वर्षीय युवा हुनुहुन्छ भने योगेन्द्र सिंह सुनार ५९ वर्षीय उमेरका हुनुहुन्छ । ७ वर्ष पहिला क्यान्सर रोग देखा परेका सुनारको उपचार पछि केही समय सञ्चो भएको रोग पुनः बल्झिएपछि भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको भएपनि आर्थिक अभावका कारण उपचारमा समस्या आएको बिरामी सुनारको छोरा दिपक सुनारले बताउनु भएको छ । यसैगरी क्यान्सरबाट प्रभावित भएका पराजुली उच्च शिक्षा अध्ययनका लागि विदेश गएका थिए भने समस्या भएपछि घर फर्कीएको परिवार स्रोतले बताएका छन् ।