राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

बाँके । राप्तीसोनारी गाउँपालिकामा गए राति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका हुन् ।

काटेर भित्राउने बेलाको बाली कहिले हावाहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी-३ की बजारी थारुले बताए। “पानीले भिजेर धान खेतमा जमरा झैँ उम्रेको छ, अझै पानी आयो भने वर्षभरि खाने अन्न नष्ट हुन्छ”, उनले भने।

करिब छ कट्ठा जमिनमा लगाएको महेन्द्र छ सय छ जातको धान भिजेको बताउँदै थारुले अहिले घाम देखिन थालेकामा खुसी व्यक्त गरे। यस बाहेक गाउँका करिब ११ परिवारको धानबालीमा गएरातिको वर्षाले क्षति पुर्‍याएको उनले जानकारी दिए।

राप्तीसोनारीका किसान रणबहादुर थारुले आफ्नो सबै धानबालीमा वर्षाले क्षति पुगेको बताउनुभयो । काटेर राखेको करिब १० कट्ठामा लगाएको बाली पानीले भिजाएको उल्लेख गर्दै उनले धान उम्रिने अवस्थामा पुगेको बताए । “मौसम सफा भए बाली भित्राउन पाइन्थ्यो कि? घाम नलागे सबै धान जमिनमै नष्ट हुन्छ । वर्षभरि खाने अन्न नष्ट भए के खाने?”, उनले प्रश्न गरे।

स्थानीय पत्रकार विमला चौधरीले करिब २ घण्टा परेको वर्षाले किसानको धानबालीमा क्षति पुर्‍याएको उल्लेख गर्दै भिजेको धान सबै उम्रन थालेको उल्लेख गरे। राप्तीसोनारी-३ का वडाध्यक्ष मिनराज खड्काले वर्षाका कारण काटेर राखिएका र ढलेका धानमा केही क्षति पुगेको बताए। वडाध्यक्ष खड्काले वडा कार्यालयबाट क्षतिको विवरण संकलन गर्न लागिएको बताए। उनका अनुसार राप्तीसोनारी–३ र ४ का करिब ११ परिवारका किसानको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ ।

  • Related Posts

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    भक्तपुर । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ । एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास…

    सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै, मन्त्री घिसिङको अनुगमन

     सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ ।  गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक…

    पहिलो

    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    • December 4, 2025
    • 123 views
    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    • December 4, 2025
    • 19 views
    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    • December 4, 2025
    • 23 views
    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    • December 4, 2025
    • 16 views
    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    • December 4, 2025
    • 20 views
    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    • December 4, 2025
    • 19 views
    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास