राप्ती तटीय क्षेत्रको जग्गा कटान

राँझा (बाँके), १६ साउन : बाँकेमा राप्ती नदी तटीय क्षेत्रको खेतीयोग्य जग्गा कटान तथा डुबानमा परेको छ । राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन बाढीले दिनहुँ कटान गरिरहेको छ ।

बाढीले बिघाका बिघा खेतीयोग्य जमिन कटान भइरहेको राप्ती सोनारी–७ नयाँबस्तीका शङ्कर यादवले बताउनुभयो । “विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ”, उहाँले भन्नुभयो, “ठूलो बाढी आयो भने गाउँ नै बगाउँछ भन्ने चिन्ताले राति राम्ररी निदाउन सकिन्न ।” राप्ती नदीले तल्लो तटीय क्षेत्रका बासिन्दालाई बर्सेनि दुःख दिँदैआएको छ । कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी–७ झगडिया गाउँका दीपेन्द्र पाण्डेले बताउनुभयो । “राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको तटबन्ध राप्ती नदीले गत वर्ष भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीव्र पारेको छ”, उहाँले भन्नुभयो, “तटबन्ध नहुँदा बाढी बस्तीमा पस्ने खतरा बढेको छ ।” तटबन्ध निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्ती जोखिममा रहेका छन् । बस्ती जोगाउन निर्माण भएको तटबन्ध भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका बस्तीमा क्षति हुने अवस्था आएको ७ नं वडाध्यक्ष रामलखन थारूले बताउनुभयो । यसबारे राप्तीसोनारी गाउँपालिका, जनताको तटबन्धलगायत सरोकारवाला निकायलाई बारम्बार जानकारी गराए पनि मर्मतसम्भारको पहल नभएको उहाँको गुनासो छ । बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयले हरेक वर्षको बर्खायाममा बाढीका कारण जग्गा कटान र डुबानको समस्या भोग्दैआएका राप्तीसोनारी गाउँपालिका–६, जरैयाका भक्तिराम पाण्डेले बताउनुभयो । गत वर्ष बाढीले आफ्नो एक बिघा जमिन कटान गरेको उहाँले बाँकी बचेको एक बिघा जमिन पनि बाढीले कतिबेला लैजान्छ भन्ने चिन्ताले सताएको बताउनुभयो । राप्तीसोनारी गाउँपालिका–६ मा नदी किनारको खल्लाटेपरी, जरिया र ढलेया बाढीबाट जोखिममा रहेको उहाँले जानकारी दिनुभयो । बाँकेमा राप्ती नदीले गर्दै आएको कटान नियन्त्रणका लागि तय भएको पश्चिम राप्ती नदी नियन्त्रण आयोजना सुरु नहुँदा कटान तथा डुबानको समस्या छ । सो आयोजनाअन्तर्गत राप्ती नदीको कटान नियन्त्रण गर्न करिब ३५ किलोमिटर तटबन्ध र अन्य संरचना प्रस्ताव गरिएको छ । भारत सरकारको जल संसाधन, नदी विकास एवं गङ्गा संरक्षण विभागसँगको सम्झौताअनुसार नेपाल सरकारले आयोजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको हो । आर्थिक वर्ष २०८४÷८५ सम्ममा सम्पन्न गर्ने गरी रु १० अर्ब ४४ करोड ८१ लाखको लागतमा आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा राप्ती नदीमा बायाँतर्फ १५ दशमलव चार सय ६२ किलोमिटर र दायाँतर्फ १९ दशमलव तीन सय ७१ किलोमिटर तटबन्ध निर्माण गरिने तयारी रहेको सांसद सूर्य ढकालले बताउनुभयो । पानीको प्राकृतिक प्रवाह नै अवरुद्ध हुने गरी भारतले बाँकेको होलिया नजिकै एकतर्फी रूपमा १३ किलोमिटर लामो कलकलवा तटबन्ध निर्माण गरेपछि नेपालबाट दक्षिण बग्ने खोलानालाको प्राकृतिक प्रवाह रोकिँदा नेपाली भूमि डुबानमा पर्दै आएको छ ।

  • Related Posts

    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर यस वर्षको सर्वोत्कृष्ट बाहिनी कार्यालय बन्न सफल भएको छ ।सशस्त्र प्रहरी नायब…

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ माघ । पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ०४ मा रहेको पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा मंगलबार एक कार्यक्रमका विच नापतौल सम्बन्धी एक दिने…

    पहिलो

    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    • January 21, 2025
    • 20 views
    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    • January 21, 2025
    • 35 views
    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    • January 20, 2025
    • 35 views
    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    • January 20, 2025
    • 7 views
    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    • January 20, 2025
    • 6 views
    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने

    • January 20, 2025
    • 7 views
    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने