दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३० श्रावण । राप्रपा पार्टीको वीरगञ्ज महानगरपालिका वडा नं. १८, भवानीपुरमा संतोष सिंह राजपुतको अध्यक्षतामा २१ सदसीय वडा ईकाई समिति गठन भएको छ ।

त्यसै गरी समितिको उपाध्यक्षमा अनिल मियाँ धोबी, काजल सिंह, सचिवमा जितेन्द्र ठाकुर, सह सचिवमा हिरालाल महतो,कोषाध्यक्षमा रामानन्द ठाकुर चयन हुनु भएको राप्रपा पर्सा उपाध्यक्ष मनोज कुमार मिश्रले जानकारी दिनु भएको छ । सो समितिको सदस्यहरुमा चंदेव राम, नरेश सिंह, जाहिद हुसैन, ध्रुवसिंह, खेदन ठकुर, मेथुर महतो, दुलारी देबि चमईन, शिव चन्द्र राम, प्रमोद पटेल, सरर्फ देव राउत कुर्मी मोहन सिंह, शंकर साह कानुलगायत रहेको मिश्रले बताउनु भयो ।

उक्त समिति च्यन समारोहमा प्रमुख अतिथिकोरुपमा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य डाक्टर ठाकुर मोहन श्रेष्ठ प्रदेश कोषध्यक्ष जगरनाथ प्रसाद कुर्मी, प्रदेश सदस्य शम्भु गिरी, जिल्ला सचिव शत्रुधन सिंह राजपुत, नगर अध्यक्ष रामेश्वर यादव, महिला अध्यक्ष अजिता पटेललगायत नेता कार्यकताको सहभागीता रहेको थियो । केन्द्रिय निर्णय अनुरुप राप्रपा पर्साले बिगत केहि दिन देखि पार्टी निर्माण कार्यमा सक्रियरुपामा लागेको राप्रपा पर्साका उपाध्यक्ष मनोज कुमार मिश्रले जानकारी दिनु भयो ।