दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ११ भदौ । घरानमा गोरु काटेर खाएको बिरोध स्वरुप राप्रपा, पर्सा द्वारा बीरगंजमा निकालिएको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
वीरगञ्जको रानीघाट स्थीत पार्टी कार्यालय बाट निकालिएको मशाल जुलुश मा प्रहरीले हस्तक्षेप गरेको राप्रपा पर्साको प्रवक्ता मनोज कुमार मिश्रले जानकारी दिनु भयो ।
केन्द्रीय कार्यक्रम अनुरुप सो मशाल जुलुस निकालिएको तथा भोलि मंगलबार ७७ वटै जिल्लाको जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत रहेको प्रवक्ता मिश्रल बताएका छन् ।
जिल्ला सचिव शत्रुधन सिंहको नेतृत्वमा निकालिएको मशाल जुलुसमा सचिव पन्नालाल पटेल, राजकिशोर यादव, नगर अध्यक्ष रामेश्वर यादव, युवा नेता अनिल कुश्वाहा लगायत सयौ नेता कार्यकर्ताहरुको सहभागीता रहेको बताईएको छ ।