रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जना मध्ये ९ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सनाखत हुनेमा ६ जना रामेछापका रहेका छन् भने दोलखाका दुई जना र एक जना सिन्धुलीका रहेका छन् ।
मृत्यु हुनेमा दोलखाका २५ बर्षिय बबी तामाङ र ६० बर्षिय मान बहादुर तामाङ रहेका छन् भने सिन्धुलीका ३४ बर्षिय शिव श्रेष्ठ रहेका छन् । त्यस्तै रामेछापका २८ बर्षिय दिपेश बस्नेत, ३५ बर्षिय सानुमाया तामाङ, ३१ बर्षिय तारा तामाङ, ३६ बर्षिय भिम बहादुर तामाङ, १६ बर्षिय रमिता तामाङ र २५ बर्षिय दिपेन्द्र बस्नेत रहेअका छन् ।
प्रहरीले दुर्घटनामा थप ८ जना घाइते भएको र घाइते मध्ये ७ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको जानकरी दिएको छ । साथै बसका चालक सामान्य घाइते रहेको र उपचारपछि प्रहरीको नियन्त्रणमा रहेका छन् ।
मंगलबार बिहान रामेछाम काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको प्रदेश ०३-०१-९९५ख९९७५ नम्बरको बस रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा खसेको थियो ।
घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बलको रामेछाप गुल्म र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहितको टोली खटिएको थियो ।








