काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले न्यूक्यासल यूनाइटेडमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले न्यूक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्कस राशफोर्डले दुवै गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि एक गोल एन्थोनी गोर्डनले एक गोल फर्काएका थिए ।










