राष्ट्रियसभा सदस्यको मतदान सम्पन्न

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सकिएको छ । आइतबार बिहान ९ देखि सुरु मतदान दिउँसो ३ बजे सकिएको हो । मतदात सकिएपछि अब केहीबेरमा गणना गरिने निर्वाचन आयोगले जनाएको छ । 

राष्ट्रिय सभा अन्तर्गत मधेस प्रदेशमा ९३.६८ प्रतिशत मतदान भएको छ । मधेशमा प्रदेशसभा सदस्यतर्फ १०० मतदाता रहेकोमा ९९ मत खसेको छ भने पालिकातर्फबाट २६४ मध्ये २४२ जनाले मतदान गरेको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी बागमती प्रदेशमा ३१८ मत खसेको छ ।  राष्ट्रियसभामा वाग्मतीतर्फ रिक्त हुन लागेका दुई सिटका लागि निर्वाचन भएको हो ।  वाग्मतीमा प्रदेशतर्फ १०४ र स्थानीयततर्फ २३४ गरी ३३८ मतदाता थिए ।

त्यस्तै गण्डकी प्रदेशमा कुल २२३ जनाले मतदान गरेका छन् । जसमा प्रदेशतर्फ ५७ र पालिकातर्फ १६६ जनाले गरी २२३ जनाले मतदान गरेका हुन् । गण्डकीमा पालिका तर्फ १०२ जना पुरुष र ६४ जना महिलाले मतदान गरेका हुन् भने प्रदेशतर्फ ५९ पुरुष र २० महिला गरी ५७ जनाले मत दिएका हुन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा कुल २८६ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ ७८ मत रस्थानीय तह सदस्यतर्फ २०८ मत खसेको हो । लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २१७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३०० जना मतदाता थिए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा २२० मत खसेको छ । २२४ मतदाता रहेकोमा ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २२० जनाले मतदान गरेका छन् ।

कोशी प्रदेशमा प्रदेशतर्फ ८९ र पालिका तर्फ २६४ जनाले मतदान गरेका छन् । कोशीमा प्रदेश सभामा ९३ जना प्रदेशसभा सदस्य र १३७ वटा पालिकाका २७४ मतदाता रहेका थिए ।

  • Related Posts

    दुर्गा प्रसाई रिहा

     मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईआइतबार रिहा भएका हुन् । प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको…

    जेनजीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन, हामी नै हौं गर्ने- प्रचण्ड

    संयुक्त जेनजी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा भेट गरेका छन् । संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जेन्जीका मुद्धाहरुलाई घोषणापत्रमा राखेर जानुपर्ने माग राखेका…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 2 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 145 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा