राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा लिभिङ विथ इन्भायोरन्मेन्ट संस्था द्वारा वक्तृत्वकलाको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ३० भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायोरन्मेन्ट नामक संस्था द्वारा “ओजन फर लाइभ” शीर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ ।सो प्रतियोगितामा वीरगंजका विभिन्न ११ विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए ।

प्रतियोगीहरुले आफ्नो मन्तब्यमा ओजनको अवस्थिति, त्यसको काम ,मानव जीवनमा त्यसको महत्त्व, ओजनको संरक्षणका लागि खेल्नु पर्ने भूमिकाका बिषयमा आफ्ना भनाई राखेका थिए ।

प्रतियोगितामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आन्नद चौधरी द्वितीय र माइस्थान विद्यापीठ की रुपा गिरी तृतीय भएका थिए । प्रतियोगितामा बिजयी प्रतियोगीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा डा. सुष्मा तिवारीले विद्यार्थीले ओजन तहका बारेमा ब्यक्त गरेका बिचारहरु निकै महत्वपूर्ण रहेको बताउनु भयो । विगतलाई स्मरण गर्दै यही उमेरमा आफूहरु यसरी मंचमा चढेर बिचार ब्यक्त गर्न सक्ने भएका थिएनौं भन्दै डा. तिवारीले अहिले भाई बहीनीहरु मा ढुक्क सँग बिचारको प्रस्तुती गर्ने कला देखेर खुशी व्यक्त गर्नु भयो ।

कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफले कार्यक्रम निकै प्रभावकारी रहेको बताए । उनले प्रकृतिको संरक्षणमा आजको युवा पुस्ताले गहन जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के. सी. लामिछाने तथा लिभिङ्ग विथ इन्भायोरेन्मेन्टका केन्द्रीय सचिव देवेश सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

फिरोज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा इक्वाल हैदर, दिपेश वरनवालले मन्तब्य ब्यक्त गरेका थिए ।कार्यक्रमको संचालन आयुष्मा सर्राफले गरेकी थिइन् । भन्ने कार्यक्रममा सहभागी सबै प्रतियोगीलाई सहभागिताकोलागि सम्मान सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा खालिद रेजा अन्सारी, आशुतोष चौधरी, योगिशा श्रेष्ठ, मुस्कान बरनवाल, सोनी साह कलवार, आकाश साह लगायतले भाग लिएका थिए ।

  • Related Posts

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०३ असार । नेवा : पत्रकार राष्ट्रिय दबु र सार्क पत्रकार मञ्चले आयोजना गरेको तथा नेपाल आदिवासी पत्रकार महासंघ (FONIJ) सँगको सहकार्यमा ७ बुँदे प्रस्ताव…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 82 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-