राष्ट्रिय सुरक्षा परिषद् बैठक: मध्यपूर्व द्वन्द्वको समीक्षा

काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ ।

परिषद्को उक्त ३५औँ बैठकमा मध्यपूर्वमा बढिरहेको द्वन्द्वले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती तथा त्यहाँ रहेका नेपालीको सुरक्षा र अपनाउनुपर्ने भावी रणनीतिबारे छलफल भएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा देखा परेका पछिल्ला घटनाक्रम विशेषगरी राष्ट्रिय सुरक्षामा आउन सक्ने विधि चुनौतीबारे छलफल भएको परिषद्का सदस्यसचिव रामेश्वर दंगालले जानकारी दिए ।

बैठकमा सैनिक ऐनको व्यवस्थाबमोजिम नेपाली सेनाका लागि आव २०८१/८२ मा खरिद गरिने हातहतियार, खरखजाना तथा अन्य सैन्य सर सामग्री खरिद गर्न नीतिगत स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले परिषद्को बैठक सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरेको छ । बैठकमा गृह र रक्षामन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति एवं रक्षा सचिव सहभागी थिए ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    • March 25, 2025
    • 43 views
    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    • March 24, 2025
    • 46 views
    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    • March 23, 2025
    • 37 views
    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    • March 21, 2025
    • 42 views
    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 59 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 32 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-