रास्वपाको आन्तरिक निर्वाचनमा प्रश्न: धेरै मत पाएर पनि समानुपातिक सूचीमा किन पछाडी ?

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन्द्र शाहको समूह र कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीसँग एकता प्रक्रिया टुंग्याएपछि गएराती मध्यरातमा समानुपातिकको बन्द सूची निर्वाचन कार्यालयमा दर्ता गरेको छ । समानुपातिक सूचीमा बालेन शाह समूहका ४० जना, उज्यालो नेपालका १८ जना र रास्वपाका ५२ जना रहेका छन् ।

रास्वपाले समानुपातिक उम्मेदवार तय गर्न अन्तरिम प्राइमेरी निर्वाचन नै गरेको थियो । नेपालमा अन्य कुनै दलले यस्तो प्रकृया नगरेपनि रास्वपाले आन्तरिक उम्मेदवार छनौटका विभिन्न प्रक्रिया तय गरेर अन्तमा निर्वाचन गरेको थियो । तर समानुपतिको सुची हेर्दा यस निर्वाचनको औचित्यमा प्रश्न उठेको छ ।

आन्तरिक निर्वाचनमा लोकप्रिय मत पाएका उम्मेदवारनै रास्वपाको समानुपातिक सुचिमा पछाडी राखिएपछि यस प्रक्रियाको औचित्यमा प्रश्न उठेको हो ।

आन्तरिक निर्वाचनमा सबै भन्दा बढी  १८ हजार २२३ मत प्राप्त गरेका रमेश प्रसाई खस–आर्य पुरूषको सूचीमा पाँचौं नम्बरमा राखिएको छ । पार्टीले प्राप्त गर्ने कुल मतको आधारमा विभिन्न क्लस्टर अनुसार निर्वाचित हुने हुनाले समानुपातिकमा कुन स्थानमा नाम छ भन्नेमा निर्वाचित हुने या नहुने अवस्था बन्ने गर्दछ । त्यस्तै अर्को उदाहरणको रुपमा खसआर्यको महिलातर्फ धेरै मत प्राप्त गरेकी रञ्जु दर्शना दशौँ नम्बरमा राखिएको छ ।

यतिमात्र होइन दलिततर्फ सबैभन्दा बढी मत प्राप्त गरेका विजय जैरु समानुपातिकको सूचीमा नै पर्न असफल भएका छन् ।

सुची बुझाउने अन्तिम समयमा बालेन शाह र कुलमान घिसिङसँग भएको सहमतिका कारण रास्वपाले आफ्नो योजना अनुसारको सुची बनाउन नसकेको बुझ्न सकिन्छ तर आफ्ना सदस्यहरुको मतको सम्मान गर्दै धेरै मत प्राप्त गरेका उम्मेदवारको नाम शिर्ष स्थानमा नराख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • Related Posts

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    जनमत पार्टीका अध्यक्ष सिके राउतले बालेन शाहप्रति इंगित गर्दै काठमाडौँबाट लाखौँ मधेसीलाई लछारपछार गर्दै धपाउनेलाई चिन्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै राउतले मधेशीलाई काठमाडौंबाट भगाउने भन्दा मधेशीलाई…

    झापा पुगे ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । मंगलबार हुने प्रतिनिधि सभाको उम्मेदवारको मनोनयन दर्ता गर्न ओली आजै झापा पुगेका हुन् ।  उनले झापा-५ बाट उम्मेदवारी दिदैछन् ।…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 27 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 15 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 32 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 14 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 3 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 11 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट