रास्वपाको नाम लिएर उद्योगी र उच्च पदस्थ कर्मचारीलाई धम्कि !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम लिएर विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई धम्कि दिन शुरु भएको खुलेको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

रास्वपाले भनेको छ-  

जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।

  • Related Posts

    लिङ्देन र थापाबीच भेटवार्ता

    काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ । मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ ।…

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    काठमाडौँ । कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन्…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 55 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक