रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियाको आवेदन खुला गरेको छ । 

रास्वपाले सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरुलाई  उम्मेदवार छनोट रूपरेखा बमोजिम मङ्सिर २१ गतेदेखि उम्मेदवारी आवेदन खुला गरेको जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक मोबाइल एप मार्फत् आवेदन दिन सकिने जनाइएको छ । उम्मेदवारीको आवेदन शुल्क २५ हजार तोकिएको छ । 

साथै योग्यता पुगेका इच्छुक विपन्न पार्टी सदस्यहरुले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र, सम्बन्धित पार्टी पालिका समितिबाट जारी सिफारिस पत्र र उपलब्ध कागजातहरूको आधारमा आवेदन शुल्क मिनाहा गर्ने-नगर्ने सम्बन्धमा अन्तिम निर्णय पार्टी केन्द्रीय सचिवालयले गर्ने जानकारी दिएको छ ।

रास्वपाले उम्मेदवारी आवेदन तथा उम्मेदवार छनोट प्रक्रियासम्बन्धी थप जानकारी पार्टीको वेभसाइट, एप, पार्टीको केन्द्रीय निर्वाचन आयोग र समग्र पार्टी संरचना (केन्द्र, प्रदेश, जिल्ला, पालिका आदि) बाट दिन सकिने उम्मेदवार छनोट समितिका संयोजक विपिन कुमार आचार्यले जानकारी दिएका छन् ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 7 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 15 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 13 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 6 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय