रास्वपा र कुलमानको १२ दिनमै किन भयो डिभोर्स ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता सहमति १२ दिनमै भंग भएको छ । रास्वपा र उज्यालोबीच पद बाँडफाँट, पार्टीको नाम परिवर्तन तथा टिकट वितरणलगायतका विषयमा सहमति नभएपछि दुई पार्टीबीचको एकता भंग भएको हो । एकता भंग भएपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ । शनिबार बसेको रास्वपा सचिवालय बैठकले एकता अनुमोदन नगर्ने निर्णय गरेको छ ।

जेनजी आन्दोलनपछि नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने अभियान चलाउदै एकता गरिएको एकता १२ दिन पनि नटिके पछि यसलाई वैकल्पिक राजनीतिको डिभोर्सको रुपमा विश्लेषण गरिएको छ ।

सहमति गरेको १२ दिनपछि रवि लामिछाने र कुलमान घिसिङ आ-आफ्नो बाटो लागेका छन् । पुस १४ गते काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई साक्षी राखेर गरिएको एकता टुटेको छ । 

शनिबारको पत्रकार सम्मेलनमा घिसिङले रास्वपाले एकतर्फी रुपमा एकता भंग गरेको आरोप मात्र लगाएनन, उनले १२ दिन आफ्नो पार्टीको लागि पीडादायी बनाइदिएको समेत बताए । घिसिङले आफुहरुले पदको माग नगरेको दाबि गरिरहदा रास्वपाले भने कुलमानले राखेका नयाँ माग पुरा गर्न सक्ने अवस्था नभएपछि एकता कार्यान्वयन नभएको दाबि गरेको छ ।

घिसिङले रास्वपाले सिद्धान्त परिवर्तन गर्नुपर्ने, वरिष्ठ उपसभापति र महामन्त्री आफ्नो पक्षलाई दिनुपर्ने, पार्टीको नाम परिवर्तन गर्नुपर्ने, आफ्नो पक्षका ३० जनालाई केन्द्रीय सदस्य दिनुपर्नेजस्ता माग राखेपछि एकता कार्यान्वयनमा कठिनाइ भएको रास्वपाको दाबि छ । यसैगरी प्रत्यक्ष उम्मेदवारका लागि आफ्नो पक्षको संख्या दिनुपर्ने र उम्मेदवार आफैं चयन गर्न पाउनुपर्ने, चुनावपछि बन्ने सरकारमा आफ्नो पक्षका निश्चित पदहरु अहिले नै टुंग्याउनुपर्नेजस्ता माग पनि घिसिङले थपेका थिए ।

अब घिसिङले उज्यालो नेपाल पार्टी एक्लै भएपनि चुनावमा जाने र १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने बताएका छन् । उनले समानुपातिकमा पनि उनले समस्या समाधान गर्ने बताएका छन् । कुलमानले आफुले अहिलेसम्म गरेका कामका लागि एक पटक अवसर दिन भन्दै देशभर जाने बताएका छन् । बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ एक ठाउमा आएपछि नयाँ वैकल्पिक राजनीति बलियो बन्दै गएको विश्लेषण भएको समयमा कुलमानको बहिर्गमनले बालेन शाह र रवि लामिछानेसहितले वैकल्पिक शक्तिलाई बलियो बनाउन खोजेको अभियानलाई धक्का पुगेको विश्लेषण गरिएको छ ।

  • Related Posts

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता…

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बहुचर्चित झापा-५ बाट प्रतिनिधि सभा सदस्यका लागि समिर तामाङलाई उम्मेदवा बनाएको छ । हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवार सार्वजनिक गर्दै झापा-५…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views