रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

 नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । 

प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार डंगोललाई निमित्त प्रबन्ध निर्देशक तोकिएको हो ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छन् । उनी २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिएकी थिइन् ।

उनी २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् र प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवम् वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत पुरा गरिसकेकी छन् । उनी हाल प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत रहेकी थिइन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताएकी छन् । 

  • Related Posts

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

     पोखरा महानगरपालिका-१९ अकलादेवी डेरा गरी बस्ने सोही महानगरपालिका-१९ लामाचौर घर भएका ३० वर्षीय लक्षु थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी…

    काँग्रेसले जितेका १७ सिट कुन कुन हुन् ?

    नेपाली काँग्रेसले १७ सिट जितेको छ । जारी मत गणनामा अब काँग्रेस कुनै पनि सिटमा अगाडी रहेको छैन र प्रत्यक्षतर्फ काँग्रेस १७ सिटमा सिमित हुने देखिएको छ । काँग्रेसका पछिल्लो…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो