रुकुम पुर्वमा अटो दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

रुकुम पुर्व । रुकुम पुर्वको भुमे गाउँपालिका -१ लुकुमको पञ्चासेमा अटो दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । 

शनिबार साँझ भुमे- १ स्यावाल स्थित मध्ये पहाडी लोक मार्ग सडक खण्डमा लुकुमबाट ब्राहताल तर्फ जादै गरेको रा १ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भइ सडकदेखि तीन सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । 

दुर्घटनापछि प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काक्री र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली खटिएको थियो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुकुम पूर्व अस्पताल ल्याइएको थियो । उपचारका क्रममा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी भनिने सबिता घर्तीको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

घाइते हुनेमा लुकुमकै वर्ष २६ कि प्रतीक्षा बुढा र उहाको ११ महिनाको छोरा सुभम बुढा, वर्ष २५ कि ब्युटी पुन र उनकी २३ महिनाकी छोरी समृद्धि पुन, लुकुमकै वर्ष ३ का सक्षम घर्ती रहेका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अटो चालक भुमे-१ का अन्दाजी २९ वर्षका जोते घर्ति फरार रहेकोमा आज बिहान पक्राउ परेको प्रहरीले जनाएको छ ।

  • Related Posts

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ७६ लाख ५ हजार ५८४ कित्ता शेयर ३…

    यस्तो छ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी

    काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उनी नेपाल प्रहरीको सर्वोच्च पद…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह