रुकुम पूर्वमा एमालेको उम्मेदवारी कायम, प्रलोपालाई दिएको समर्थन फिर्ता

 नेकपा एमालले रुकुम पूर्वमा आफ्नो उम्मेदवार कायम नै राखेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग गत माघ ११ गते भएको सहमतिलाई संसोधन गर्दै यस क्षेत्रमा आफ्नो उम्मेदवार कायमै राखेको हो ।

त्यस्तै नयाँ सहमति अनुसार रुकुम पूर्वमा प्रलोपाका उम्मेदवारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यसअघि भएको सहमति अनुसार एमालेले रुकुम पश्चिममा प्रलोपाकै जनार्दन शर्मा र पूर्वमा सन्दीप पुनलाई समर्थन गर्ने सहमति गरेको थियो । तर, नयाँ समहमति गर्दै पुनलाई दिएको समर्थन फिर्ता लिएको हो ।

नयाँ सहमतिमा प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेद्वार जनार्दन शर्माको पक्षमा नेकपा (एमाले) द्वारा मतदान गर्ने सहमति यथावत् कायम राखिएको छ भने उक्त सहमतिबाट पूर्व रुकुमका उम्मेद्वार संदीप पुनको नाम हटाइएको छ । त्यस्तै कर्णाली प्रदेशका हुम्ला, जुम्ला र मुगु बाहेकका जिल्लाहरु र पुरानो राप्ती अञ्चलका जिल्लाहरुमा नेकपा (एमाले) का उम्मेद्वारहरुको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा मतदान गर्ने सहमति कायम राखिएको छ । त्यसैगरी दुवै पार्टीहरुले उपरोक्त नयाँ सहमति कार्यान्वयन गर्न आ-आफ्नो आन्तरिक पंक्तिलाई पुनः निर्देशन गर्ने सहमति भएको छ ।

नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।

रुकुमपूर्वमा एमालेका लिलामणि गौतम उम्मेदवार छन् । त्यस्तै यस क्षेत्रमा नेकाप संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेका छन् भने कांग्रेसबाट कुसुमदेवी थापा र रास्वपाबाट लखनकुमार थापालगायत चुनावी मैदानमा रहेका छन् ।

  • Related Posts

    दुर्गा प्रसाई रिहा

     मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका प्रसाईआइतबार रिहा भएका हुन् । प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको…

    जेनजीका मुद्दा र मागहरूको समर्थन अरूले गर्दैनन, हामी नै हौं गर्ने- प्रचण्ड

    संयुक्त जेनजी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा भेट गरेका छन् । संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जेन्जीका मुद्धाहरुलाई घोषणापत्रमा राखेर जानुपर्ने माग राखेका…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 150 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा