रुससँगको युद्ध समाप्त भएमा राष्ट्रपति छोड्न तयार छु- जेलेन्स्की

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध समाप्त भएपछि राष्ट्रपति पद त्याग्न तयार रहेको बताएका छन् । न्यूयोर्कमा अन्तर्वार्तामा जेलेन्स्कीले उनको लक्ष्य युद्ध रोक्नु रहेको बताउदै सत्तामा रहन नचाहेको स्पष्ट गरेका हुन् ।

जेलेन्स्कीले युद्धविराम भयो भने, उनी संसदलाई चुनाव गर्न आग्रह गर्ने बताएका छन् । उनले भने- ‘युद्ध पछि, मानिसहरू नयाँ नेता चयन गर्न चाहन्छन् । म त्यसको लागि तयार छु ।’

युक्रेनमा मार्शल ल लागू भएका कारण संबिधान अनुसार चुनाव हुनबाट रोकिएको छ । जेलेन्स्की २०१९ मा भारी विजयका साथ राष्ट्रपति बनेका थिए । उनको कार्यकाल मे २०२४ मा समाप्त हुनुपर्ने थियो, तर युद्धका कारण यो लम्बिएको छ । युद्ध सुरु हुँदा उनको लोकप्रियता ९० सम्म पुगेको थियो र अहिले पनि, विभिन्न सर्वेक्षणहरूले उनलाई ६० प्रतिशत भन्दा बढी युक्रेनीको समर्थन भएको देखाएका छन् ।

जेलेन्स्कीसँग अगस्टमा ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा चुनाव नभएको बारेमा गुनासो गरेका थिए । जेलेन्स्कीले उनलाई युद्धविराम भयो भने, उनी संसदलाई चुनावको लागि तयारी गर्न आग्रह गर्ने जवाफ दिएका थिए ।

  • Related Posts

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले फेब्रुअरीको मध्यमा संसदीय चुनाव र जुलाई बडापत्रमा जनमत संग्रह गर्ने घोषणा गरेका छन् । आज दिउँसो राष्ट्रलाई २० मिनेटको टेलिभिजन सम्बोधनमा…

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    काठमाडौँ । पाकिस्तानसँगको तनावको बीचमा, अफगानिस्तानको तालिबान सरकारले व्यापारी र उद्योगीहरूलाई वैकल्पिक व्यापारिक मार्गहरू खोज्न आग्रह गरेको छ । अफगान उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बारादारले पाकिस्तानसँगको सीमा बन्दले व्यापार ठप्प…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 72 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 19 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 17 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह