काठमाडौँ । अल नासरले साउदी प्रो लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल हाज्मलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । रोनाल्डोले यस खेलमा गोल गर्दै आफ्नो क्यारियरमा ९५० गोल पुरा गरेका छन् । रोनाल्डोले २०२५ मा ३८ खेलमा ३४ गोल र ३ असिस्ट गरेका छन् ।
यो जितपछि अल नासरको साउदी प्रो लिगमा ६ खेलमा १८ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै अल हाज्मको भने ६ खेलमा ५ अंक रहेको छ र हाल लिगमा १४औं स्थानमा रहेको छ ।










