लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

लमजुङ, १२ असार : लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिनुभयो । अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ । रुद्रमान र पञ्चकुमारी ससुरा बुहारी हुन् भने इच्छा रुद्रमानका भाइकी नातिनी हुन् । पञ्चकुमारीको छोरो अर्को घरमा सुत्न गएकाले सकुशल छन् । क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेका अनुसार गए राति २ः३० बजे पहिरो गएको हो । राति नै प्रहरी चौकी मालिङलाई खबर गरेको उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध भएकाले गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष जमिमाया गुरुङलगायतको टोली उद्धारको पहलमा लागि घटनास्थलमा जाँदै गरेको उहाँले बताउनुभयो । स्थानीय जुना घलेका अनुसार रुद्रमानकी श्रीमती भने छोरीको घरमा गएकाले उक्त घटनाबाट जोगिएकी छिन् । “पानी बेस्सरी परिरहेको छ, पहिरो गएको ठाउँमा जान सकिएको छैन”, उहाँले भन्नुभयो–“प्रहरी चौकी मालिङबाट दुई प्रहरी राति नै उद्धारका लागि आउनुभएको छ, श्रोतसाधनको अभावले पहिरो पन्छाउन सकिएको छैन ।” सो ठाउँमा ६ वटा घर रहेका छन् । तीन घर भने पहिरोबाट जोगिएका छन् ।

  • Related Posts

    रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

    काठमाडौँ । रेस्लिङमा युनिका उपनामले परिचित रेस्लर भगवती खड्काको नाम वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनमा समावेश गरिएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउण्डेशनले सोलुखुम्बूको खुम्बू गाउँपालिका-५स्थित…

    आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    काठमाडौँ । आज आश्विन शुक्ल सप्तमीका दिन अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्वमा…

    पहिलो

    रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

    • October 10, 2024
    • 13 views
    रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

    आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    • October 10, 2024
    • 13 views
    आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

    • October 10, 2024
    • 14 views
    बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

    विमानस्थलको क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान व्यवस्थापन

    • October 10, 2024
    • 13 views
    विमानस्थलको क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान व्यवस्थापन

    अवरुद्ध मोदीवेणी–मुडिकुवा सडक खुल्यो

    • October 10, 2024
    • 14 views
    अवरुद्ध मोदीवेणी–मुडिकुवा सडक खुल्यो

    दसैँमा गाउँ नै रमाइलो…

    • October 10, 2024
    • 12 views
    दसैँमा गाउँ नै रमाइलो…