दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०९ भदौ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले शनिबार विभिन्न स्थान र समयमा भन्सार छली चोरी तस्करी गरी भित्राइएको विभिन्न किसिमका ईलेक्ट्रोनिक्स सामान र किवी गरी अंदाजी मूल्य रू. ५ लाख १५ हजार ३ सय ५० बराबरका मालबस्तुहरू पक्राउ गरी आवश्यक कारवाहीको लागि आईतबार वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।