दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०६ चैत । प्रहरी चौकी ईनर्वा पर्साले सोमबार दिउसो करिब ०३:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्ड बाट खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित दुई जना लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको चेकिङ टोलीले भारत बाट नेपाल तर्फ आवत जावत गर्ने सवारी साधन तथा यात्रीहरूलाई चेक जाँच गर्ने क्रममा २ जना व्यक्तिहरू संकाष्पदरूपमा भारतबाट नेपालतर्फ आउँदै गरेका चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १७, शारदानगर बस्ने वर्ष २४ को अमित गुरुङ र सोही ठाउँ बस्ने वर्ष २४ की सुनिता वि. क. लाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निज सुनिता वि. क. ले लगाएकी ब्रा भित्र लुकाई छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १ ग्राम फेला परेको हुँदा निजहरूलाई उल्लेखित लागु औषध  सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।