दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ फागुन । सशस्त्र प्रहरी वल नेपाल बि. ओ. पि. ड्राइपोर्ट र प्रहरी चौकी, सिर्सिया बाट खटिएको संयुक्त चेकिङ टोलीले सोमबार अपराह्न करिब १२:०५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २५, चण्डाल चोक स्थित सडक खण्ड बाट प्रतिवन्धित लागु औषध गाँजा सहित एक जना मानिस र मोटरसाइकल आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन विश्रामपुर बाट वीरगञ्ज तर्फ आउँदै गरेको ना. १३ प ६५९५ नम्बरको मोटरसाईकल लाई रोकी उक्त मोटरसाइकल मा सवार वीरगञ्ज महानगरपालिका वडा नं. १६, फुलवारी टोल बस्ने वर्ष ४५ को ईसलाम मियाँको कानूनी रीतपुर्‍याई  शरीर खानतलासी गर्दा कालो रंगको प्लाष्टिकको झोलामा लागु औषध गाँजा १ के. जी. ८ सय ग्राम सेतो टेपले वेरी आफ्नो शरीरमा लुकाइ छिपाइ राखिएको अवस्थामा फेला परेको हुँदा उल्लेखित नम्बरको मोटरसाईकल सहित बरामद भएको लागु औषध गाँजा र निज ईसलाम मियाँलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा मंगलबार सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।