
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०७ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले मंगलबार साँझ करिब ०५:०० बजेको समयमा पर्साको पटेर्वा सुगौली गाउँ पालिकाको अकुवा टोल बाट प्रतिबन्धित लागु औषध गाँजा सहित एक बृद्धलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा उक्त दिन गाँजा विक्री बितरण गरिरहेको अवस्थामा त्यहाँ बाट खटिएको टोलीले पटेर्वा सुगौली गा.पा.वडा नं.४ अकुवा टोल बस्ने वर्ष ६८ को रामेश्वर पञ्जियारको घरमा तलासी लिँदा निजको घरबाट लुकाइ छिपाई राखेको अवस्थामा गाँजा ४ के.जी.३०० ग्राम गाँजा फेला परेकोले उल्लेखित गाँजा बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।