लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन अनुसन्धान

कञ्चनपुर । लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली र लुम्बिनी प्रदेशको बाँकेमा हात्तीपाइले रोग सार्ने क्युलेक्स लामखुट्टे संकलनको कार्य पूरा भई प्रयोगशालामा परीक्षणको कार्य भइरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । कैलालीमा १० र बाँकेमा १० गरी २० जनाको प्राविधिक टोलीले ६० वडाबाट क्युलेक्स क्विनकिफेसिएटस नामक हात्तीपाइले सार्ने १८ हजार नौ सय ६९ लामखुट्टे संकलनको कार्य गरेको अधिकृत जोशीले बताए । उनका अनुसार कैलालीमा ‘लाइट ट्रयाप’को माध्यमबाट तीन हजार ९७ र ‘माउथ एस्पिरेटर’को माध्यमबाट छ हजार सात सय नौ लामखुट्टे सङकलन भएका छन् ।

यसैगरी, बाँकेबाट लाइट ट्रयापको माध्यमबाट एक हजार ६ सय ९९ र माउथ एस्पिरेटरको माध्यमबाट सात हजार चार सय ६४ लामखुट्टे संकलन भएका छन् । गत भदौ ४ देखि असोज १० गतेसम्म प्राविधिक टोलीले लामखुट्टे संकलनको कार्य गरेका हुन् । “लामखुट्टे संकलनको कार्य पूरा भई प्रयोगशालामा पिसिआर प्रविधिबाट परीक्षण भइरहेको छ”, उनले भने “परीक्षणको नतिजाका आधारमा हात्तीपाइले निवारणका लागि आगामी योजना तयार गरिनेछ, लामखुट्टेको सङ्क्रमण दर पनि पत्ता लाग्छ ।” मानिसमा मात्र सङ्क्रमण कम भएर रोग निवारणको लक्ष्य हासिल नहुने भएकाले रोग प्रभावित जिल्लामा रोग सार्ने लामखुट्टेमा सङ्क्रमण शून्य दशमलव शून्य २५ प्रतिशतभन्दा कम हुनुपर्ने उनको भनाइ रहेको छ ।

हात्तीपाइले निवारणका लागि मानिसमा सङ्क्रमण दर एन्टिजेनमा एक प्रतिशतभन्दा कम र माइक्रोफाइलेरियामा दुई प्रतिशतभन्दा कम हुनुपर्छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले कार्यक्रमका स्रोत व्यक्ति रामकुमार महतोका अनुसार लामखुट्टेमा सङ्क्रमण दर पत्ता लगाउन मोलिक्युलर झेनोममोनिटरिङ सर्भे र मानिसमा सङ्क्रमण दर पत्ता लगाउनका लागि आइडिए इम्प्याक्ट सर्भे गरिन्छ । त्यसअन्तर्गत आइभर्मेक्टिन डाइइथाइल कार्बामाइजिन साइट्रेट र अल्बेन्डाजोल नामक तीन औषधि खुवाई सकेपछि प्रभावका आधारमा अध्ययनको कार्य गरिन्छ ।

सन् २०३० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिइएको छ । हात्तीपाइले रोगबाट नेपालको ६४ जिल्ला प्रभावित रहेका छन् । प्रभावित जिल्लामा बसोबास गर्ने सबै मानिसलाई वर्षमा एक चोटि आम औषधि अभियान सञ्चालन गरेर सबै मानिसलाई औषधि खुवाउने गरी सन् २००३ देखि कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

आम औषधि सेवन अभियान कार्यक्रम प्रभावित जिल्लामा कम्तीमा छ वर्षसम्म सञ्चालन गर्नुपर्ने विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको महतोको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नै सिफारिस गरेको औषधि सेवन गरेर हात्तीपाइले रोग निवारणको लक्ष्य पूरा हुने बताइएको छ ।

आम औषधि सेवन अभियान सम्पन्न भइसकेका जिल्लामा सङ्क्रमण दर घटेको छ कि छैन भन्ने कुराको जानकारी हासिल गर्न सर्भेक्षणको कार्य हुन्छ । सर्भेक्षणका क्रममा छदेखि सात वर्ष उमेर समूहका बालबालिकामा हात्तीपाइले रोगको एन्टिजेन दुई प्रतिशतभन्दा कम हुनुपर्ने र २० वर्षमाथिका मानिसमा हात्तीपाइले रोगको माइक्रो फाइलेरियाको सङ्क्रमण एक प्रतिशतभन्दा कम हुनुपर्छ ।

एन्टिजेन जाँचमा दुई प्रतिशतभन्दा कम र माइक्रोफाइलेरियाको सङ्क्रमण एक प्रतिशतभन्दा कम भएमा मात्र हात्तीपाइले रोग निवारणको लक्ष्य हासिल भएको मानिन्छ । लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण दर पत्ता लगाउन कैलाली र बाँकेमा देशमै पहिलो पटक अध्ययन-अनुसन्धानको कार्य भइरहेको छ ।

  • Related Posts

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-