लालीगुँरास सहकारीका अध्यक्ष सहित ४ जना पक्राउ

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्ष सहित ४ जना  पक्राउ परेका छन्।उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधान रहेका छन्।

सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भन्ने विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याएको उनीहरूमाथि आरोप छ। बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा उनीहरु विरुद्ध २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भएको थियो।

  • Related Posts

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    म्याग्दी, ७ साउनः मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको…

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    टीकापुर (कैलाली), ७ साउनः बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन्…

    पहिलो

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 9 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    • July 22, 2024
    • 11 views
    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    • July 22, 2024
    • 12 views
    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    • July 22, 2024
    • 13 views
    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    • July 22, 2024
    • 10 views
    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

    • July 22, 2024
    • 11 views
    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय