लुम्बिनी लायन्सले जित्यो दोस्रो सिजनको एनपीएलको उपाधि

COPY ALL NEWS

काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि दिनेश अधिकारीले ४२ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १६,  डिआर्ची शर्टले १४ र निरोशान डिकवेलाले ११ रन बनाएका थिए ।

त्यसैगरी सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट तथा दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा अल आउट हुदै ८५ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्बाधिक ३३ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले १३, हरमित सिंह र स्कट कुगेलाइनले १०-१० रन बनाएका थिए ।

त्यसैगरी लुम्बिनीका बलर कप्तान रोहित पौडेल, रुबेन ट्रम्पेलम्यान र शेर मल्लले ३-३ विकेट लिएका थिए भने तिलक भण्डारीले विकेट लिएका थिए । यस खेलमा कप्तान पौडेलले ह्याट्रिक लिएका थए ।

गत सिजनमा पुछारमा रहेको लुम्बिनीले एनपीएलको पहिलो उपाधि जितेको छ । उपाधि जितेसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख नगद पाएको छ । त्यसैगरी तेस्रो भएको विराटनगर किंग्सले २५ लाख र चौथो स्थान हासिल गरेको काठमाडौँ गोर्खाजले १५ लाख नगद प्राप्त गरेको छ ।

  • Related Posts

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामा दोस्रो विश्व व्यापी बौद्ध शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ माघ । नयाँ दिल्ली मा यही जनवरी २४-२५ मा दोस्रो विश्वव्यापी बौद्ध शिखर सम्मेलन (GBS) आयोजना हुदैछ, अन्तर्राष्ट्रिय बौद्ध महासंघ (IBC) ले केन्द्रीय संस्कृति…

    काँग्रेस विवाद: डा. शेखर कोइराला पक्ष सर्वोच्च गएन, रणनीति बनाउन बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला गगन थापा नेतृत्वको काँग्रेससँग सहकार्य गर्ने संकेत गरेको छ । एकपछि अर्को नेताहरु गगन पक्षमा खुल्न लागेपछि दबाबमा रहेको कोइराला पक्षले आगामी रणनीति…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 27 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 15 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 32 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 14 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 3 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 11 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट