लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ४९२ पुग्यो

काठमाडौँ । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादलेले लेबनानमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या चार सय ९२ जना पुगेको बताएका छन्।

मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ जना घाइते भएको बीबीसीले जनाएको छ।

त्यहाँ कति हताहत सर्वसाधारण वा लडाकुहरू थिए भन्ने यकिन भएको छैन। त्यहाँ भएको यो घटना २० वर्षको द्वन्द्वको सबैभन्दा घातक दिन भएको समेत जनाएको छ।

‘यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो’ अबियादले पत्रकार सम्मेलनमा भने, ‘लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन्।’ उनका अनुसार हिजबुल्लाह पेजर र वाकी–टाकीहरु विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरू हिंसामा तानिएका थिए।

इजरायलले दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ। हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ।

स्वास्थ्य मन्त्रालयले ‘बिहानदेखि दक्षिणी सहर र गाउँहरूमा इजरायली शत्रुको आक्रमण’ ले ‘एक सय ८२ जनाको ज्यान लिएको र अन्य सात सय २७ जनालाई घाइते बनाएको’ बताएको छ। मृतक र घाइतेहरूमा बालबालिका, महिला र स्वास्थ्यकर्मीहरू पनि छन्।

विश्व शक्तिहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन्।

  • Related Posts

    ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क स्थगित

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उनले क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका छन्। ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र…

    कुम्भमेलाको भागदौड,कुन बेला भयो घटना

    भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्। यस्ता दुःखद घटनाले समाजमा…

    पहिलो

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    • February 9, 2025
    • 36 views
    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    • February 6, 2025
    • 40 views
    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    • February 5, 2025
    • 46 views
    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    • February 5, 2025
    • 64 views
    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    • February 4, 2025
    • 43 views
    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-

    • February 4, 2025
    • 27 views
    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-