लोकप्रिय गायक मोतिराज खनाल २०८२ को सर्वोत्कृष्ट भजन गायकको उपाधी बाट सम्मानित

सरकारद्वारा मान्यता प्राप्त र नेपालकै पुरानो एवं प्रतिष्ठित बक्स अफिसद्वारा आयोजित म्युजिक अवार्ड २०८२ मा भजन विधामा कलाकार मोतिराज खनालले सर्वोत्कृष्ट भजन गायक तथा सर्जक अवार्ड हात पारेका छन् ।

वरिष्ठतम् निर्णायक मण्डलको मूल्याङ्कनमा आधारित यस अवार्डमा कुनै पनि भोटिङ प्रक्रिया नराखी, उत्कृष्ट सिर्जना र गायनको आधारमा छनोट गरिएको हो । खनालले आफूले गरेको कर्मको फल पाएको अनुभूति गर्दै अवार्डप्रति खुशी र गौरव व्यक्त गरेका छन् । गायक खनालले यसै वर्ष सुपा देउराली भजन गाएका थिय भजनको लोकप्रियता बढे सङ्गै सुपा देउरालीमा पर्यटकहरु ह्वात्तै बढेको सुपादेउराली अवलोकन गर्नेहरुले बताउने गरेका छन । यस भजनले पर्यटन र धार्मिक हिसाबले पनि अर्घाखाँचीको बिकाशमा टेवा पुग्ने आकलन गरिएको छ । सुपा देउराली भजन सार्वजनिक भएको केही दिनमै युटुव , टिकटक र फेसबुक रिल्समा भजनको लोकप्रियता ह्वात्तै बढेको थियो । यिनै गाएक मोतिराज खनालले सुपा देउरालीकी माई भजन बाट अवार्ड प्राप्त गर्नु अर्घाखाँचीको लागी र सुपा देउरालीको लागी गौरवको बिषय बनेको छ ।

यस वर्षको सर्वोत्कृष्ट भजनको रुपमा ‘सुपा देउराली भजन’ चयन भएको छ । सोही भजनमार्फत यसै भजनका निर्देशक सुरज खनालले समेत अवार्ड जित्न सफल भएका छन् । यस उपलब्धिमा उनले निर्देशक खनालसहित आफ्नो टिम सदस्यहरू शेषनारायण पोख्रेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल, मन्जु गुरुङ, एरेन्जर विश्वास नेपाल, प्राविधिक टिम तथा निरंजन ठाकुर फिल्म निर्माता तथा युवा बवसाई आर के गोल्डकपको सिइओ तथा समाजसेवी साथै धुर्व बस्नेत सुपा देउराली भजनका बिशेष सहयोगी समेतको उपस्थिति रहेको थियो ।

खनालले दर्शक–श्रोता, पत्रकार, मिडिया, गुरुजन, परिवार र शुभेच्छुकको मायाले नै आफूलाई यहाँसम्म ल्याएको भन्दै सबैप्रति आभार व्यक्त गरेका छन् । अवार्ड निर्णायक मंडलमा रहेका बिशिस्ट व्याक्तित्वहरु लगायत बक्स अफिस इभेन्टका अध्यक्ष आर.के. सुवेदीको अध्यक्षमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । इभेन्टका अध्यक्ष आर के सुवेदी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ६ पटक नाम लेखाउन सफल व्यक्तित्व समेत हुन् ।१९ औ बिस्वकृतिमानी रामबहादुर ( Rk ) गोल्डकप २०८२ संस्करण पनि सोही अवसरमा भब्य सप्पन्न भएको हो । उक्त खेलमा डिफेन्सीङ च्याम्पियन (पुर्व बिजेता) सनराइज अजय एफ सि ले प्रथम उपाधी हात परेको हो । उपबिजेता बन्यो भैरव फुटसल भक्तपुर । फियर प्लेको टर्फी निकेश एफसी इटहरी लाई ।राष्ट्रिय महिला खेलाडी रेखा पौडेललाई प्रोत्साहन संमान गरिएको थियो । कार्यक्रममा तिज म्युजिक अवार्डको उत्कृष्ट पांच मनोनयन सार्वजनिक गरिएको थियो । यसै सस्थाका अध्यक्ष सुवेदीले प्रेस रिलिज पनि गर्ने बताएका थिए । आर के सुवेदीले कार्यक्रम समापन गर्ने क्रममा सम्पुर्ण अवार्ड बिजेता कलाकार तथा सहभागी टिमप्रती हार्दिक कृतज्ञता व्याक्त गर्दै कार्यक्रम सम्पन्न गर्न सबैको साथ रहेको बताएका थिय ।

  • Related Posts

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ७६ लाख ५ हजार ५८४ कित्ता शेयर ३…

    यस्तो छ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी

    काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उनी नेपाल प्रहरीको सर्वोच्च पद…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह