दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २७ बैशाख । वडा प्रहरी कार्यालय, बिर्ता ले विल विजक शंकास्पद भएका हार्डवेयर, कपडा लगायतका बिभिन्न समानहरु समेत बोकेको एउटा मालबाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले बीरगंज बाट समान लोड गरी सर्लाही तर्फ लादै गरेको अवस्थामा मंगलबार राति करिब १०:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १६, नगवा चोक स्थित बाईपास सडकमा ना. ६ ख २४३४ नम्वरको ट्रक फेला पारी विल विजक चेक जाँच गर्दा केही विल विजकमा VCTS नपाईएको तथा विल वमोजिम VCTS नकाटेको पाईएकोले उक्त ट्रकलाई नियन्त्रणमा लिई ट्रकमा लोड रहेका माल सामानहरु अंदाजी मुल्य रु. २४ लाख ७६ हजार ८ सय ६४ र ट्रकको मुल्य रु. १८ लाख कायम गरी जम्मा मुल्य रु. ४२ लाख ७६ हजार ८ सय ६४ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको माल समानहरु समेत आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको कुरा प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले बताएका छन् ।