दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३२ श्रावण । वडा प्रहरी कार्यालय, बिर्ता ले विशेष सूचनाको आधारमा बुधबार राति करिब १०:३० बजेको समयमा बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज बाट हेटौडा तर्फ जाँदै गरेको ना. ६ ख ७९७६ नम्बरको मालवाहक ट्रकहरूलाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू ५५ लाख ११ हजार ३ सय ३८ बराबरको ट्रकहरू र सो ट्रकहरू भित्र लोड रहेको खुद्रा तथा हार्डवेयरका सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।