दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २९ बैशाख । वडा प्रहरी कार्यालय, बिर्ता बाट प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी को कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो करिब ०२:०० बजेको समयमा विरगंज महानगरपालिका वडा नं. ११ स्थित प्रकाश कुमार गुप्ताको पसल अगाडी भारतवाट भन्सार छली चोरी पैठारी गरी ल्याई लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिई वरामद गरी जम्मा मुल्य रु. १ लाख २० हजार ८ सय ७८ बराबरको चामलको बोरा आवश्यक कारवाहीको लागी विरगंज भन्सार कार्यालय, पर्सामा बुझाईएको कुरा प्रहरी निरीक्षक शिवाकोटी ले बताएका छन् ।