दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०६ बैशाख । वडा प्रहरी कार्यालय, श्रीपुर ले मंगलबार दिउँसो करिब ०२:०० बजेको समयमा विषेश सूचनाको आधारमा त्यहाँ बाट प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको विशेष टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ०८ स्थित सडक खण्ड बाट दुई जना संकास्पद रूपमा हिंडिरहेका व्यक्तिहरूलाई रोकी कानूनी रीतपुर्‍याई निजहरूको शरीर खानतलासी गर्दा बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ०३, लिपनीमाल बस्ने दुबै जना क्रमशः वर्ष ३४ को कृष्ण प्रसाद सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली रू. १ लाख ६० हजार र वर्ष ३९ को सुनिल साह कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको नेपाली रू. ३ लाख ९० हजार गरी जम्मा नेपाली रु. ५ लाख ५० हजार फेला परेको हुँदा उक्त रकम सहित दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालत बाट तिन दिनको म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान तथा कारवाही भैरहेको छ ।

यसैगरी बुधबार बिहान करिब ११:०० बजेको समयमा विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर बाटै प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा नै खटिएको विशेष टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ११ स्थित सडक खण्डमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकल लाई रोकी कानूनी रीतपुर्‍याई त्यसमा सवार बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा नं. ०७ वस्ने वर्ष ३२ को छठु महत्तोको खानतलासी गर्दा निजले लगाएको हेल्मेट तथा मोटरसाइकलको वायाँ तर्फको भागमा फल्स बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको नेपाली रू. १४ लाख फेला परेको हुँदा निज छठु महतोलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा आजै पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान तथा कारवाही भैरहेको कुरा प्रहरी निरीक्षक शाही ले बताएका छन् ।