दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, १९ बैशाख । वडा प्रहरी कार्यालय, बिर्ता ले बिशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको दुई वटा मालबाहक ट्रक आफ्नो नियन्त्रणमा लिएको छ ।
विरगञ्ज बाट पोखरा तथा काठमाण्डौ तर्फ लैजाँदै गरेको दुई वटै ट्रक लाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले सोमबार वीरगञ्ज महानगरपालिका वडा नं. १६, घण्टाघर स्थित सडक खण्ड बाट ना. ३ ख ३९५० र ना. ७ ख १६३१ नम्बरहरूको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. १ करोड ०६ लाख बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले बताएका छन् ।