दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३० जेष्ठ । अस्थायी प्रहरी पोष्ट, इनर्वा गाउँले सोमबार बिहान करिब ०९;३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वा गाउँको बाटो हुँदै भारतबाट अवैधरूपमा वन्य पशु-पन्क्षी कछुवा १ सय १३ गोटा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ त्यहाँ बाट खटिएको टोलीले BR 05 AF 0583 नम्बरको डिस्कभर मोटरसाइकल रोकी चेक जाँच गर्ने क्रममा उक्त मोटरसाइकल मा सवार बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं. ०७ बस्ने वर्ष ४५ को आनन्द लाल टेमानीले मोटरसाइकल को डिक्की भित्र हरियो रंगको झोलामा लुकाइ छिपाई राखिएको कछुवा १ सय १३ गोटा फेला परेको हुँदा उल्लेखित नम्बरको मोटरसाइकल र कछुवा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आजै डिभिजन वन कार्यालय, वीरगञ्ज पर्सामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा ले जनाएको छ ।