वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

चितवन । जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षारोपण गरिएको हो ।

जिल्लाका विभिन्न सङ्घ संस्थाले सो क्षेत्रफलमा गत वर्ष बहु वर्षीय र सिजनल बिरुवा रोपेका हुन । डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार सो क्षेत्रफलमा एक लाख ३८ हजार चार सय ८६ बिरुवा रोपिएको छ । त्यसमध्ये ६६ हजार पाँच सय सिजनल बिरुवा हुन भने ७१ हजार नौ सय ८६ बहु वर्षीय बिरुवा रहेका छन् ।

बहु वर्षीय बिरुवा आर्थिक वर्ष २०७८/७९ देखि उत्पादित बिरुवा हुन् । त्यसमा म्याङगोस्टिङ्ग, वीरेन्द्रफूल, कपुर, धुपी, रानीवेल, श्रीखण्ड, अम्बा, कागती, रक्तचन्दन, निम, तेजपत्ता, राजवृक्ष जस्ता बिरुवा वितरण गरिएको उनले जानकारी दिए । पौडेलका अनुसार डिभिजन वन कार्यालयअन्तर्गत सिजनल बिरुवा १६ हजार पाँच सय र जिल्ला वन पैदावार आपूर्ति समितिको बजेटबाट ५० हजार बिरुवा वितरण गरिएको हो ।

जिल्लामा रहेका १५ संस्थाले ती बिरुवा लगेर वृक्षारोपण गरेका हुन् । सामुदायिक वन, कवुलियती वन, सार्वजनिक क्षेत्र, नदी उकास क्षेत्र/नदी किनार तथा निजी जग्गामा वृक्षारोपण गरिएको उनले बताए । पौडेलले भने “वृक्षारोपण गरिएको छ, ती बिरुवा कतिको बाँचे भन्ने हेर्न बाँकी छ ।”

अघिल्ला आर्थिक वर्षमा वृक्षारोपण गरेर हेरचाह नगर्दा बिरुवा मर्ने गरेको गुनासो आएसँगै यस वर्ष अनुगमन गरी बिरुवाको हेरचाह नगर्ने सङ्घ संस्थालाई आगामी वर्षमा बिरुवा दिन रोकिने उनले बताए । उनका अनुसार कार्यालयले यस वर्ष ३० हजार बहु वर्षीय बिरुवा उत्पादन गरेको छ ।

  • Related Posts

    ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क स्थगित

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उनले क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका छन्। ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र…

    कुम्भमेलाको भागदौड,कुन बेला भयो घटना

    भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्। यस्ता दुःखद घटनाले समाजमा…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 39 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views