दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०१ असार । वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा बिल विजक भन्दा बढी विभिन्न किसिमका कपडा, मोबिल, हार्डवेयर लगायतका खुद्रा सामनहरु बोकेको एउटा माल बाहक कन्टेनर ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बिहीबार राति करिब ०८:०० बजेको समयमा वीरगञ्ज बाट काठमाण्डौं तर्फ जाँदै गरेको अवस्थामा त्यहाँ बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. २१, परवानीपुर चोक स्थित सडक खण्ड बाट ना. ४ ख ३९८४ नम्बरको मालवाहक कन्टेनरलाई रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ६० लाख ८८ हजार ५ सय ६८ बराबरको कन्टेनर र सो कन्टेनर भित्र लोड रहेको मोबिल, कपडा, हार्डवेयर तथा विभिन्न किसिमका खुद्रा समानहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी शुक्रबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब निरीक्षक दीपक गिरीले बताएका छन् ।