वर्षाजन्य विपद् : ललितपुरमा १८ जनाको मृत्यु

ललितपुर । वर्षाजन्य विपद्मा ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार विपत्तिको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगनखेलमा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्यांक अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलपरिचालित भएका छन् ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिएको जानकारी अनुसार हालसम्म महांकाल गाउँपालिका-३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुई जना बेपत्ता भएका छन् । सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाँउ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट चार सय १६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

  • Related Posts

    गुजरातमा पर्खाल भत्किँदा ६ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माण स्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशंका गरिएको प्रहरीले जनाइएको छ ।…

    लुक्लाको मौसम खुलेपछि एकैदिन ३२ वटा उडानमा साढे ६ सय पर्यटक भित्रिए

    काठमाडौँ । ३ दिनदेखि उडान हुन नसकेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दसैँको टीकाको दिन शनिबार भने ३२ वटा विमानले उडान भरेका छन् । मौसममा सुधार आएसँगै शनिबार बिहान ६ बजेबाटै…

    पहिलो

    गुजरातमा पर्खाल भत्किँदा ६ जनाको मृत्यु

    • October 13, 2024
    • 13 views
    गुजरातमा पर्खाल भत्किँदा ६ जनाको मृत्यु

    लुक्लाको मौसम खुलेपछि एकैदिन ३२ वटा उडानमा साढे ६ सय पर्यटक भित्रिए

    • October 13, 2024
    • 11 views
    लुक्लाको मौसम खुलेपछि एकैदिन ३२ वटा उडानमा साढे ६ सय पर्यटक भित्रिए

    मटिहानीमा रावणको पुतला दहन

    • October 13, 2024
    • 13 views
    मटिहानीमा रावणको पुतला दहन

    यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    • October 13, 2024
    • 14 views
    यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    ८३ कैदीबन्दीले आफन्तको हातबाट टीका लगाए

    • October 13, 2024
    • 13 views
    ८३ कैदीबन्दीले आफन्तको हातबाट टीका लगाए

    बन्दीपुर घुम्न आएका विदेशीलाई दसैँको टीका

    • October 13, 2024
    • 13 views
    बन्दीपुर घुम्न आएका विदेशीलाई दसैँको टीका